कञ्चनमा नि:शुल्क आँखा शिविर २१० जना लाभान्वित

by समतल अनलाइन

प्रिया अधिकारी
कञ्चन। रुपन्देहीको कञ्चन गाउँपालिकामा न्यु मुनलाइट युवा क्लब ,जि ट्वान्टि फाइभ र वुटवल लायन्स आखा अस्पतालको सहकार्य मा आज भएको नि:शुल्क आँखा शिविरमा २१० जना स्थानीय लाभान्वित भएका छन। कञ्चन गाउँपालिका १ लौसामा बिहिबार बिहान १० बजे देखी सुरु भएको आँखा शिविरमा कञ्चन गाउँपालिका,सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका बालबालिका देखी जेष्ठ नागरिक गरि २१० जनाले आँखा चेक गराएका थिए। जसमध्ये १३ जनालाई मोतिया बिन्दु देखिएको र मोतिया बिन्दुका विरामीहरुलाइ नि:शुल्क उपचार गरिने जि ट्वान्टि फाइभ क्लबका अध्यक्ष देवलाल अर्गालिले जानकारी दिनु भयो।

कञ्चन गाउँपालिकाको जनप्रतिनिधि गोमा कार्कीले ग्रामिण क्षेत्रका मानिसमा आँखा चेक गराउनु पर्छ भन्ने चेतनाको अभाव तथा आर्थिक अभाव भएका कारण आँखाको हेल चेक्क्राही गरेको र आँखामा विभिन्न किसिमको समस्या हुने गरेको बताउनु भयो। मानिसको सबैभन्दा महत्त्वपुर्ण अंग आँखा भएको र यस्ले संसार देख्न सक्ने भएकाले आँखा जस्तो संवेदनशिल अंगलाई खेलवाड नगरी समय समयमा आँखा जचाँउनु पर्ने हुँदा स्थानीय स्तरमै आँखा शिविर आएको हुँदा स्थानीय बासिमा आँखा सम्बन्धि समस्या समाधान हुने उहाँको धारणा रहेको छ। त्यस्तै गरि वुटवल लायन्स आँखा अस्पताल का डाक्टर अखितेश यादवले सुगर र प्रेसरका विरामीलाई समेत आँखाको समस्या आउने हुँदा समयमै आँखा जचाँउ सम्पुर्णलाई आग्रह समेत गर्नु भयो। उक्त कार्यक्रममा न्यु मुनलाइट युवा क्लब का सचीव प्रकाश कार्कीले शुभकामना व्यक्त गर्नु भएको थियो ।भने जि ट्वान्टी फाइभ क्लबका महासचिव जगदीश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 
 
  
 

You may also like