तराई तथा पहाडका अधिकांश स्थानमा हुस्सु-कुहिरो

by समतल अनलाइन

काठमाडौँ,। हाल देशका मध्य तथा तराई तथा पहाडका अधिकांश स्थानमा हुस्सु कुहिरो लागेको छ ।

मंगलबार दिनभर देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुनेछ । राति मध्य र पूर्वमा आंशिक बदली तथा बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी–हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

 
 
  
 

You may also like