दीपकराज गिरी भन्छन् – ‘बितरक बलिउडको खान्छन् अनि कलिउडको कराउछन् !’

by समतल अनलाइन

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्माता हुन् दीपकराज गिरी । सामाजिक, राजनीतिक र चलचित्र क्षेत्रका कुरा किन नहोस् आफुलाई चित्त नबुझेको कुराहरु सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दीपकराज गिरीले लेखिहाल्छन् । यसैक्रममा हालै उनले आफ्नो फेसबुकमा एक स्टाटस लेखेका छन् । उनले बलिउड अभिनेता सलमान खानको चलचित्र ‘दबंग–३’लाई शुक्रवार क्युएफएक्स चेनमा ८८ शो दिइएको थियो।

यस चलचित्रलाई नेपालका हलहरुले अत्याधिक शो दिएको बारे एक स्टाटस लेखेका छन् । पहिले चलचित्र ‘छ माया छपक्कै’ निर्माण गरेका रोहित अधिकारीले फेसबुकमा आफ्नो आक्रोश पोखेका थिए। रोहित अधिकारीले लेखेको उक्त स्टाटस शेयर गर्दै उनले केहि लेखेका छन् । रोहित अधिकारी लेख्छन् ‘‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नुभयो। ‘

यो ‘दबंग’भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली फिल्म ‘६क्कापन्जा’ सिरिजहरु चलेका थिए तर शोजचाँही चार–पाँचजना गुणा थियो। त्यो नेपाली फिल्म भएरै कम दिइएको थियो।’ यसै स्टाटस शेयर गर्दै दीपकराज लेख्छन् – सत्य कुरा …सहि हो ….देशै उताबाट चल्या छ, हलको के कुरा….निर्माताहरू हलवाला संग डराउछन्, हलवाला बितरक संग डराउछन्, बितरक उताको खान्छन् अनि यता कराउछन्!!!

 
 
  
 

You may also like