आर्टिफिशियल इन्टेलिजेन्सले हृदयघातको भविष्यवाणी गर्नसक्ने !

by समतल अनलाइन

काठमाडौँ । आर्टिफिशियल इन्टेलिजेन्स (एआइ) अब मानवभन्दा पनि समझदार भएको छ । आर्टिफिशियल इन्टेलिजेन्सले खाना बनाउनेदेखि पढाउने र समाचार पढ्नेसम्मको गर्न थालेका छन् । एक नयाँ अनुसन्धानले आर्टिफिशियल इन्टेलिजेन्सले हृदयघातको भविष्यवाणीसम्म गर्न सक्ने दावी गरेको छ । यस सम्बन्धि अध्ययनको रिपोर्ट जर्नल कार्डियोभास्कुलर रिसर्चमा प्रकाशित गरेको छ ।

अमेरिकामा सिडर-सिनाई मेडिकल सेन्टरका शोधकर्ताहरुले मुटुको धड्कनको जोखिम अनुमानको लागि एआई आधारित मेसिन लर्निङ्गको प्रयोग गरेका छन् । यस पछि १५ वर्षसम्म गरिएको अध्यनमा विषयहरुको वास्तविक अनुभवसंगै भविष्यवाणिको पनि तुलना गरिएको छ ।

यस रिपोर्ट तयार गर्नको लागि मुटुको जोखिम हुने कारकको पहचान गर्ने तत्व जस्तै खान-पान, व्यायाम र वैवाहिक स्थितिको विषयमा सवाल-जवाब गरिएको थियो । फाइनल रिपोर्टमा एक हजार नौ सय १२ विषय समावेश गरिएको थियो । यसको बारेमा १५ वर्ष सम्ममा अध्ययन गरिएको थियो । अध्ययनपछि ह्रदयघातको विषयमा मेशिन लर्निङ्ग धेरै सहि भविष्यवाणी गरेको छ ।

यस अध्यनमा भएका एक शोधकर्ता भन्छन्, ‘हाम्रो अध्यनबाट हृदयघातको जोखिम कारकहरुको बारेमा मेशिन लर्निङ्ग सहि रूपमा बताउन सक्छ ।’ उनी भन्छन्, ‘मेशिन लर्निङ्ग भविष्यमा मुटु रोगीको लागि सहयोगी साबित हुन्छ र हृदयघातको जोखिमको बारेमा पहिला नै सतर्क गर्छ ।’

पछिल्लो महिना यूनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताको टिमले एउटा यस्तो टेक्नोलोजी तयार गरेको छ जसको टूडी इमेजलाई थ्रीडीमा परिवर्तन गर्न सक्छ । यसले शरीरको भित्री गतिविधीहरु र रोगको तत्काल पहचानको लागि निकै महत्वपूर्ण साबित हुनेछ ।

वरिष्ठ वैज्ञानिक आयडोगन ओजकन भन्छन्, “ टूडी इमेजलाई थ्रीडीमा कन्भर्ट गर्नेदेखि लिएर शरीरमा भएको हानिकारक तत्वलाई सजिलै पत्ता लगाउन सक्छ । यस प्रविधि निकै सहयोगी र उपयोगी साबित हुनेछ । यसको माध्यमबाट वैज्ञानिकलाई कोशिकाहरु ठीक गर्न सजिलो हुन्छ किनकी यो विशेष प्रकाशमा चम्किलो हुन्छ ।”

 
 
  
 

You may also like