आमाको ट्रेलर रिलिजमा रोइन् अभिनेत्री सुरक्षा पन्त

by समतल अनलाइन

काठमाडौं । फिल्म अभिनयको कुरा शेयर गर्दा अक्सर अभिनेत्री रोमान्टिक हुने गर्दछन् । तर बिहीबार फिल्म ‘आमा’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनय अनुभव शेयर गर्दैगर्दा अभिनेत्री सुरक्षा पन्त भने रोएकी छन् ।
‘एकदमै कम मान्छेले फिल्ममा मनछुने पात्रको भूमिका निर्वाह गर्न पाउछ,’ आफ्नो अभिनय बारे सुरक्षाले भनिन्, ‘छायाँकनमा भोगेका कुराहरु सम्झदा अहिले पनि आँसु त्यसै झर्छ ।’

आँखाभरी आसु परेर भावुक मुद्रामा बोलेकी पन्तले फिल्म छायाँकनको दुःख भन्दा पनि त्यसमा रहेको दृश्यले सम्झदा आँखा आसुले भरिने बताइन् । भनिन् ‘फिल्मले सबै दर्शकको हालत मेरो जस्तै हुनसक्छ ।’ उनले फिल्मले सबैको मन जित्ने विस्वास व्यक्त गरिन् ।

आगामी फागुन ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आमा’को प्रचारप्रसारलाई थप बल पुर्याउन बिहीबार फिल्मको सार्वजनिक गरिएको हो ।

राजधानीमा आयोजित एक समारोहका बीच सार्वजनिक गरेको ट्रेलरमा फिल्मको मुख्य पात्र ‘आमा’लाई केन्द्र राखेर प्रस्तुत गरिएको छ । ३ मिनेट ४८ सेकेण्ड अवधिको ट्रेलर इमोसनले भरिएको छ ।

ट्रेलरमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्ष समेत समेटिएको छ ।

ट्रेलरमा अभिनेत्री मिथिलाले बोलेको एक संवादले सबैको मन छुनसक्छ भने अभिनेत्री सुरक्षा पन्तले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले फिल्म प्रति सबैको कौतुहल्ता बढाउँछ । दर्शकलाई हलसम्म तान्ने क्षमता फिल्मको ट्रेलरमा रहेको छ ।

फिल्ममा आमाको भूमिका अभिनेत्री मिथिला शर्मा र छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्बाह गरेका छन् ।

फिल्म ‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको हो । फिल्ममा आमा पात्रको माध्यमबाट हरेक घरको कथा पस्कने प्रयास आफुले गरेको निर्देशक खनालले बताए ।
‘आमाहरुको प्रतिनीधित्व फिल्मले गर्छ नै,’ खनालले भने ‘दर्शकको राम्रो फिल्म हेर्ने इच्छा ‘आमा’ले फिल्मले पुरा गर्छ ।’

कार्यक्रममा अभिनेत्री मिथिला शर्माले आफ्नो अभिनय करिअरमै आमा ट्रनिङ प्वाइनट हुने बताइन् । ‘मैले अहिलेसम्म धेरै फिल्ममा राम्रो भुमिका निर्बाह गरेकी छु ’ शर्माले भनिन् ‘‘आमा’ रिलिज पछि ति सबैको छाप मेटिने र आमाको छाप बस्ने छ ।’ उनले फिल्मले आफुलाई आमाको रुपमा मात्र परिचित गराउने मात्र होइन । ब्यवसायमा पनि फिल्मको आमा बन्ने बिश्वास् व्यक्त गरिन् ।

छायाँकन समय देखिनै चर्चामा रहेको यो फिल्मको लेखन तथा छायाँकन पनि निर्देशक खनालले नै गरेका हुन् । फिल्ममा पात्र विशेष भएको कारण फिल्म आफैले खिच्नु परेको बताए । उनले थपे ‘चार तीनको अनुपातको फ्रेमिङमा फिल्म खिचेको छु ।’

फिल्ममा मिथिला र सुरक्षाको अलवा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेललगायतको अभिनय रहेको छ ।

शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा सुवास भुषालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।
आमा यो बर्षको प्रतिक्षीत फिल्म मध्ये एक हो । दिन प्रतिदिन धरासाही हुँदै गएको फिल्मको ब्यवसाय आमाको रिलिज पछि उभो लाग्ने फिल्मकर्मीको बिश्वास रहेको छ ।

काठमाडाैँ र रामेछापका दृश्य समेटिएको फिल्मका फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी हुन् ।

 
 
  
 

You may also like