सैनामैनामा कुमारी बैंकको नयाँ शाखा

by समतल अनलाइन

नरेश चौधरी
मुर्गिया । कुमारी बैंकले आफ्नो शाखा विस्तारको क्रममा उपत्यका बाहिर सैनामैनाको मुर्गियामा नयाँ शाखा आइतबार देखि संचालनमा ल्याएको छ । बैंकले सैनामैना लगायतका क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा यस सैनामैनाको मुर्गियामा विस्तार गरेको हो ।

यो संगै बैंकको हाल सम्मा देशभर १२० शाखा संचालनमा आएका छन् । उपत्यका बाहिर ८८ शाखा रहेका छन् । देशभर ५ ओटा एक्स्टेन्सन कउन्टर र ११३ ठाउँबाट एटिएम सेवा संचालनमा रहेका छन् । बैंकको हाल सम्मा चुक्ता पुंजी ८ अर्व ६८ करोड ५५ लाख ७३ हजार एक सय २७ रुपैयाँ रहेको छ ।

सैनामैनाको मुर्गिया शाखाबाट ग्रहकहरुले वचत, कर्जा, मेवाइल बैंङ्कि, एटिएम सेवा, इन्टरनेट बैंङ्कि, क्रेडिट कार्ड, अनलाईनमार्फत सेवा लिन सक्नेछन् । बैंकले आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा दिदै जाने वैंकका शाखा प्रबन्धक विजय थापाले बताउनुभयो ।

 
 
  
 

You may also like