गूगल माथि १५ करोड यूरो जरिवाना, विज्ञापनदातालाई पक्षपात गरेको आरोप

by समतल अनलाइन

एजेन्सी – सर्च इन्जिन कम्पनी गूगल माथी १५ करोड यूरो जरिवना लागेको छ । आफ्नो विज्ञापन पेजमा गलत तरिकाबाट सूचना पेश गरेको आरोप लगाउदै फ्रान्स सरकारको एकाधिकार विरोधी आयोगले गूगल माथी उक्त जरिवाना लगाएको हो ।

अमेरिकी कम्पनी गूगलले विज्ञापनदातालाई शक्तिको दुरुपयोग गर्दै पक्षपात गर्ने गरेको नियामकको आरोप छ।

पछिल्लो समय अधिकांश अमेरिकी प्रविधि कम्पनीहरु ९गूगल, फेसबुक, एप्पल र अमेजन सहित अन्य कयौँ० यूरोपियन देशलाई कम कर बुझाएका कारण निशानामा रहेका छन्।

यसै वर्षको सेप्टेम्बरमा गूगलले फ्रान्सलाई एक अर्ब यूरो जरिवाना स्वरुप बुझाएको थियो । उक्त जविाना कम्पनीले ४ पुरानो फिस्कल फ्रड को जाँच पछि बुझाएको थियो।

 
 
  
 

You may also like