रंगशालामा पनि रंगमञ्चमा पनि

by समतल अनलाइन

चलचित्रको मुनाफाकाे १५ प्रतिशत निर्माण कार्य भइरहेको रंगशालामा र ५ प्रतिशत नेपाली चलचित्र कलाकार संघको भवनका लागि खर्च हुने चलिचत्रकाे घाेषणादेखि नै भनिँदै अाइएकाे छ ।

हाँस्य टेलिशृंखला मेरी बास्सैबाट धुर्मुश सुन्तलीको नामले चिनिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे पछिल्ला केही वर्षमा समाज सेवामा सक्रिय देखिएका छन् । भुकम्प पछि विभिन्न ठाउँमा बस्ती निर्माण गरेको धुर्मुश सुन्तली फाउन्डेसनले अहिले चितवनमा अन्तराष्ट्रि क्रिकेट रंगशाला निर्माणको लागि कस्सिएको छ । पर्दामा नदेखिएको यो जोडी लामो समयपछि चलचित्र ‘सेन्टी भाइरस’ मार्फत यस क्षेत्रमा देखिँदैछन् ।

गत बिहिबार ‘फनफनी’ बाेलकाे चलचित्रको पहिलो गीत सार्वजनिक भयो । चलचित्रका सम्पूर्ण टिम उपस्थित रहेको उक्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार सिताराम अर्थात धुर्मुश भने उपस्थित थिएनन् । फागुन ९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको पहिलो गीत सार्वजनिक भएसँगै औपचारिक रुपमा प्रचार प्रसारको काम पनि सुरु भएको छ । तर सिताराम भने रंगशाला मै काम गरिरहेका छन्् । कार्यक्रममा आएकी कुञ्जनाले आफूहरू बाँडिएर दुवै तिरको काम गरिरहेको बताइन् ।

रामबाबु गुरुङको निर्देशन तथा कुमार कट्टेल र दीपक आचार्यको लेखनमा बनेको चलचित्रलाई डिन्डु लामा योल्मोले निर्माण गरेका हुन् । चलचित्रमा सिताराम र कुञ्जना सहित दयाहाङ राई, विल्सन विक्रम राई, कमलमणी नेपाल, बुद्धि तामा, राजाराम पौडेल, सन्दिप क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको मुनाफाकाे १५ प्रतिशत निर्माण कार्य भइरहेको रंगशालामा र ५ प्रतिशत नेपाली चलचित्र कलाकार संघको भवनका लागि खर्च हुने चलिचत्रकाे घाेषणादेखि नै भनिँदै अाइएकाे छ ।

हेर्नुहाेस् गीत सार्वजनिक कार्यक्रम भिडियाेमाः

 
 
  
 

You may also like