३३ बर्षमा पाइला टेकीन अभिनेत्री नम्रता

by समतल अनलाइन

अभिनेत्री नम्रता श्रेष्ठले ३३ बर्षमा पाइला टेकेकी छिन् । उनको जन्मदिन मनाउदै त्यहि अवसरमा शुक्रबार राजधानीमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ ।

अभिनेत्री नम्रता श्रेष्ठले ३३ बर्षमा पाइला टेकेकी छिन् । उनको जन्मदिन मनाउदै त्यहि अवसरमा शुक्रबार राजधानीमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् । कार्यक्रममा नायिका नम्रता श्रेष्ठको जन्मदिनको केक समेत काटिएको थियो । नायिका श्रेष्ठले आफू ३३ बर्षमा प्रवेश गरेको बताइन् । उनले आफूलाई पहिलो विस ‘राजा’ले गरेको सुनाइन् । यस्तै, नायक अनुप विक्रम शाहीले पनि आफूलाई राती नै विस गरेको उनले जानकारी दिइन् ।

सानोमा आफू झगडालु भएको र विस्तारै उमेर बढेसँगै आफू गम्मिर हुदै गएको, जाइराले अझ जोश थपेको बताईन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतको मुख्य भूमिका छ । पाँच बर्ष तयारीमा चलचित्र तयारी भएको बताउदै, चलचित्रको कथा र बिषयबस्त् मनपरेकाले लगानी समेत गरेको बताइन् ।

भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी रहेकाे छ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रका प्रसन्न गोपाली कार्यकारी निर्माता रहेकाछन् । चलचित्रलाई कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा तयार पारिएको हो । चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ । केशव थापाको नृत्य निर्देशन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ ।

 
 
  
 

You may also like