सैनामैनामा एकीकृत जग्गा विकास तथा एकिकृत वस्ती विकासका लागि स्थलगत अनुगमन , ३०० विगहा क्षेत्रफलमा नयाँ शहर

by समतल अनलाइन

टीका खरेल
सैनामैना।संघिय सरकार अन्तरगतको नगर विकास कोष र सैनामैना नगरपालिका बिच एकीकृत भुमि विकासका तथा एकीकृत वस्ती विकासका लागि स्थलगत अनुगमन तथा छलफल शुक्रबार गरिएको छ । सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको नेनृत्वमा सो अनुगमन तथा छलफल कार्यक्रम गरिएको हो ।


सो अवसरमा निकट भविष्यमा एकिकृत भुमि विकास र नमुना शहर सहितको वस्ती विकास गर्ने गरि नगरपालिकाले योजना अगाडी बढाएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कर्कीले बताउनु भयो ।
सोहि कार्यक्रम अन्तरगत एकीकृत भुमि विकासका तथा एकीकृत वस्ती विकासका लागि स्थलगत अनुगमन तथा छलफल चलिरहेको उहाँको भनाई छ ।
सो कार्यका लागि यस आर्थिक वर्ष २०७६/७७ मा सैनामैना नगरपालिकाले १ करोड, ५ नं. प्रदेशको शहरी विकास कार्यक्रमले ५० लाख रकम विनियोजन गरेको सैनामैना नगर प्रमुख कार्कीले बताउनु भयो ।
भुमि विकास र नमुना शहर सहितको वस्ती विकासका लागि नगरपालिकाले शहरी विकास कोष संग १ अर्व ऋण, लिने गरि प्रकृया अगाडि बढाएको समेत उहाँले जानकारी दिनु भयो ।
नगरपालिकाले जग्गा धनीहरु संग जग्गा खरिद गरि ६० प्रतिशत फिर्ता गर्ने गरि उक्त बस्तिको विकास गरिने उहाँको भनाई छ । विजुली, बाटो, पार्क, खानेपानी, ढल निकास, सुविधा सम्पन्न भवन, सौचलय, अस्पताल, शिक्षा स्वास्थ्य सञ्चार, खेलकुद, पार्क, मठमन्दिर, लगाएतको सुविधा सम्पन्न सहित बस्तिको विकास गरि सवै जातजाति, धर्म, संस्कृतीलाई समेट्ने गरि सो ठाउँको विकास गरिने छ । युरोपेको झल्को दिने गरि पुर्वधार विकास सहितको नमुना शहरको रुपमा विकास गरिने उहाँको भनाई छ ।
सैनामैनाको ६ र ८ नं. वडामा ३०० विगहा क्षेत्रफलमा निर्माण गरिने भुमि विकास र नमुना शहरका लागि ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल र रुपन्देही क्षेत्र नं. २ संघिय सरकारका संसद तथा संघिय सरकारका पुर्व अर्थमन्त्री विष्णु पौडेलले विशेष चाँसो दिएको कुरा उहाँले बताउनु भयो ।
अहिले प्रराम्भिक सर्वेक्षण भैरहेको र पुर्व सम्भव्यता अध्ययनका लागि शहरी विकास मन्त्रलाय, नगर विकास कोष र नगरपालिका सबैको सहयोगमा कन्सलटेन्सी खटाईने परामर्शदाता न्युक्त गरी अवाश्यक प्रकृया अगाडी बढाईने सैनामैना नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो । नगरविकास कोष संग परामर्शदाताहरु खाटउनका लागि समन्वय भैरहेको र छिट्टै परामर्शदाता सो स्थलमा आएर प्रारम्भिक सर्भे गरिने उहाँले जानकारी दिनु भयो ।
यस ठाउँमा एकिकृत जग्गा विकास कार्यक्रम बस्ति निर्माण गरि पर्यटकीय स्थलको रुपमा विकास गरिने वडा नं. ६ का वडा अध्यक्ष बसन्त पाण्डेले बताउनु भयो । यस क्षेत्रको विकासले मलमला क्षेत्रको विकास, मेगहा ताल संरक्षण र व्यवास्थपनमा मद्दत पुग्ने वडा अध्यक्ष पाण्डेको भनाई छ ।

सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको नेनृत्वमा, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नं. ६ का वडा अध्यक्ष बसन्त पाण्डे, वडा नं. ८ का वडा अध्यक्ष रामशरण न्यौपाने, नगरपालिकाका ईन्जिनियर सुरज न्यौपाने, नगर विकास कोषका सुमन मेहर श्रेष्ठ, कार्यपालिकाका सदस्य ईश्वरी भण्डारी लगाएतकोे टोलीले एकीकृत जग्गा विकासका तथा बस्ती निर्माण सम्भव्यताका लागि स्थलगत अध्ययन अवलोकन तथा छलफल गर्नु भएको थियो ।

 
 
  
 

You may also like