दिक्षित विद्यार्थी भन्छन ! नेपालमै केहि गर्छौ

by समतल अनलाइन

काठमाण्डाै। त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट विभिन्न विषयमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीले अध्ययनपछि नेपालमा नै सेवा गर्ने बताएका छन् ।

त्रिविको ४५औँ दीक्षान्त समारोहमा चान्सलरसहित तीन पुरस्कार पाउने विराटनगरका उमेश आचाउनुभयो । अहिले नेपाल टेलिकममा वरिष्ठ इञ्जिनियरसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘अहिले पनि म सरकारी सेवामा छु, यही सेवामा रही देशको सेवा गर्ने हो ।’ मेहनतको फल पदक पाएपछि राष्ट्रिय भाव अझ जागृत भएको महसुस आफूलाई भएको उहाँले बताउनुभयो ।

पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याउनुभएका आचार्यले दीक्षान्त समारोहको ठूलो पुरस्कार चान्सलर पदक पाउनुभएको छ । चान्सलर पदक त्रिविमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रदान गरिन्छ । सो पदकमा करीब तीन तोला सुन रहेको हुन्छ । चान्सलरसहित उहाँले त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पनि पाउनुभएको हो । समारोहमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा⋅डा⋅ मोहम्मद अख्तरुज्जमानले विशेष सम्बोधन गर्नुभयो। सो कार्यक्रममा बिभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीलाई पदक समेत प्रदान गरियो।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार दीक्षान्त समारोहमा सर्वाेत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि तथा पदाधिकारीले हातमै प्रमाणपत्र दिएको र बाँकीलाई काउन्टरबाट वितरण गरिएको छ।

पनिकाका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र उपस्थित जनाए ।

 
 
  
 

You may also like