देशका धेरै स्थानमा वर्षा र हिमपात, सचेत रहन आग्रह

by समतल अनलाइन

काठमाडौं । आज (आइतबार) देशका विभिन्न उच्च पहाडी क्षेत्रमा मौसम बदली भइ मध्य, पूर्वी र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद् गंगा मञ्जु बासीले जानकारी दिएकी छन् ।

उनले हिजो अस्तीको जस्तो लगातार पानी पर्ने वा भारी हिमपातको सम्भावना भने नभएको बताएकी छन् । यो प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बदली भइ पानी पर्ने सम्भावना रहेकाले देशभर नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

विशेष गरी तातो र झोलिलो पदार्थ खान तथा चिसोबाट बच्न बाक्ला र न्यानो लुगा लगाउन मौसमविद्ले सचेत गराएका छन् ।

 

 
 
  
 

You may also like