पहिलो पाइला नेपालले दियो गुल्मी एक स्कूलमा खुसी

by समतल अनलाइन

गुल्मी।स्थानीयले छोराछोरीलाई बिधालय पठाए गाउपालीकाले शिक्षकका लागी पहल गर्ने ईस्मा गाउँपालीका अध्यक्ष लक्ष्मण विष्टको भनाई रहेको छ ।

पहिलो पाईला नेपाल बुटवल शाखाले गुल्मीको इस्मा गाउँपालिका वार्ड नं ३ ,खासिचौरमा आयोजना गरेको भाग्य बोक्ने झोला वितरण कार्यक्रममा बोल्दै ईस्मा गाउपालीका अध्यक्ष लक्ष्मण विष्टले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । विधालय धेरै छन् विधार्थी विधालय आउँदैनन् शिक्षक मात्रै नियुक्ति गरेर के गर्ने ? प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष विष्टले भन्नुभयो । शनिवार सम्पन्न कार्यक्रममा संस्थाले गुल्मि खासिचौरको कालिका प्राथमिक विद्यालयमा ३४ जनालाई झोला सहित कपि,डटपेन,पेन्सिल, इलेजर,कटर ,जोमेट्रि बक्स वितरण गरेको छ ।

आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीको पढाईमा सहयोग पुयाउने उद्धेश्यले स्टेशनरीे सामग्रीहरू सहयोग गरिएको पहिलो बुटवल शाखा का अध्यक्ष आयुष पौडेल ले बताउनुभयो ।
ग्रामीण भेगका विद्यार्थीलाई स्टेशनरी सहयोगले अध्ययनमा सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रका संयोजक ममता बेहोराको भनाई रहेको छ । कार्यक्रममा गापा अध्यक्ष ,वडा नं. ३ का अध्यक्ष, शिक्षक अभिभावक सघंका अध्यक्ष ,पहिलो पाइला नेपालका केन्द्रीय सचिव लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।युवाको नि स्वार्थ र उदाहराणीय कार्यप्रति उपस्थितले खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रम पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष आयुष पौडेलको अध्यक्षता ,कार्यक्रम संयोजक ममता बोहोराको स्वागत, मिडिया संयोजकको सुनिता बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like