अनुदानमा उदेकलाग्दो बेथिति : ६ लाखको ६६ काउली र १३ लाखमा ५० बोट कागती

by समतल अनलाइन

काठमाडौं । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउ समेत पाउँदैनन् भने छदम किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन् । कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइन् खल्तीमा जम्मा हुन्छ ।

प्रदेश ५ सरकारले विभिन्न शीर्षकमा दिएको अनुदान दुरुपयोग भएको गुनासो आएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले चार टोली बनाएर स्थलगत अध्ययन गर्दा अनियमितता उदाङ्गो भएको हो ।

समितिका सभापति विजयबहादुर यादव, सदस्यहरु चेतनारायण आचार्य, कमलराज श्रेष्ठ, कृष्णध्यज खड्काले स्थलगत अध्ययनमा व्यापक अनियमितता भेटिएको भन्दै दोषी कर्मचारीलाई समेत कारवाही गर्न सिफारिस गरेका छन् ।

अध्ययनमा अनुदान दुरुपयोगका अनौठा अनौठा नमुना भेटिएका छन् । कपिलवस्तु नगरपालिका २ मा सञ्चालित हृदय कृषक समूहका सदस्य मनबहाल बरैले ६ लाख अनुदान लिएका थिए । यो अनुदानबाट उनले करेसाबाीमा ६६ वटा काउलीको बेर्ना रोपेका छन् ।

रोपेका काउली पनि स्याहार नपाएर माटोमै हराएका छन् । यसरी सरकारले दिएको अनुदानबाट एउटा काउलीको बिरुवाको नौ हजार ९० परेको छ । नयाँपत्रिका दैनिकबाट

 
 
  
 

You may also like