संसदिय बैठक प्रणाली तालिम सम्पन्न

by समतल अनलाइन

प्रिया अधिकारी
कञ्चन। रुपन्देहीको कञ्चन गाउँपालिका वडा न:१ डाफे कटेज एण्ड रेस्टुरेन्टमा आज संसदिय बैठक प्रणाली तालिम सम्पन्न भएको छ। कञ्चन जेसिजको आयोजनामा भएको उक्त कार्यक्रम कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा भएको थियो। जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका सदस्यहरुमा दिएको संसदिय बैठक प्रणाली तालिममा कञ्चन गाउँपालिका वडा सदस्य ,गाउँपालिका उपाध्यक्ष वडा अध्यक्ष विभिन्न आमासमुहका सदस्यहरु,टोल विकास समितिका सदस्यहरु शिक्षक आदिको उपस्थिति रहेको थियो।

भने कार्यक्रमका विशिस्ट अतिथि समेत रहनु भएका गुणनिधी भुसालले कार्यक्रम सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बैठक के हो? बैठक कसरी गर्ने ?बैठक बन्नका लागि कुनकुन तत्वको आवश्यकता पर्द्छ? बैठकको नियम के र सफल बैठक आयोजना कसरी गर्ने भन्ने कुराको प्रशिक्षण दिनुभएको थियो।

प्रमुख अतिथिका रुपमा रहनु भएकी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामु मगरले अति राम्रो कुरा सिकेको र अहिले सम्म भएको कमि कमजोरी सुधार गर्दै आजबाट सिकेका कुरा व्यबहारमा उतार्ने प्रतिबद्धता जाहेर गर्नुभयो। त्यसैगरी वडा न:४ कि कार्यपालिका सदस्य गिता थापा,वडा न:५का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

जेसिजका उपाध्यक्ष सुर्य ढकालको जेसिज आस्थापाठ र जेसिजका कानुनी सल्लाहकार बाबुराम पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम जेसिजका महासचिव राजन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो भने कञ्चन जेसिज संस्थापक कार्यकारीणी उपाध्यक्ष राधिका चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

 
 
  
 

You may also like