न्यापालिकामाथिको बिश्वास टुट्न दिन्न : प्रधान न्यायधिस जबरा

by समतल अनलाइन

बुटवल । प्रधान न्यायधिस चोलेन्द्र समसेर जबराले न्यायलयमाथिको बिस्वास टुट्ने नदिने बताएका छन् । नेपाल बार एशोसिएसनको आयोजनामा आज देखि बुटवलमा सुरु भएको मानब अधिकार राष्ट्रिय गोष्ठि तथा ४५ औं केन्द्रीय कार्यकारिणी परिषद बैठकको उद्घाटन गर्दै प्रधान न्यायधिस जबराले न्याय परिषदको बारेमा अहिले भैरहेका टिका टिप्पणी प्रति आफु सचेत रहेको बताए ।

स्वतन्त्र,निस्पक्ष र सक्षम न्यायपालिकाका लागि बारको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले बारको समुच्च भावना भन्दा न्यायपालिकाको फरक बिचार हुन नसक्ने बताए । न्यायधिस नियुक्तिका लागि छलफलमा आएका नामहरुको बिषयमा अनाबस्यक टिप्पणीहरु भएको भन्दै प्रधानन्यायधिस जबराले न्यायधिसका लागि कसैको नाम छलफलमा आउदैमा न्यायधिस नियुक्त भैसके जस्तोगरी न्यायपरिषदमाथि दोषारोपण गर्नु उपयूक्त नहुने बिचार व्यक्त गरे ।

बारको सहकार्य बिना न्यायलय अगाडी बढ्न नसक्ने भन्दै उनले बारले पनि सोही अनुरुपको व्यवहार गर्नुपर्ने आवस्यकता औल्याए ।न्याय सम्पादन गर्दा गलत भए कसैले साथ नदिने भन्दै प्रधान न्यायधिस जबराले भनसुनको आधारमा नभएर कानूनको आधारमा टेकेर मात्र फैसला र आदेश गर्न न्यायधिसहरुलाई सुझाव दिए ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले न्यायपालिका सक्षम नभए जनताका अधिकारको रक्षा हुन नसक्ने भन्दै न्यायपालिकालाई स्वतन्त्र,निष्पक्ष र सक्षम बनाउनुपर्नेमा जोड दिए । न्यायपालिका स्वतन्त्र र सक्षम नभए मुलुकमा लोकतन्त्र रहन नसक्ने भन्दै मन्त्री यादवले न्यायधिस नियुक्तिमा राजनीतिक रंगरोगन गर्न नहुने बिचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल बारका पूर्व अध्यक्षहरु कृष्ण प्रसाद भण्डारी,बर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ,बिश्वकान्त मैनाली,सेरबहादुर केसी,बर्तमान उपाध्यक्षहरु इश्वरी प्रसाद भट्टराई,रक्षा बस्याल,सुनिल कुमार श्रेष्ठ,महासचिब लिलामणि पौडेल,कोषाध्यक्ष रुपचन्द्र पोखरेल लगायतले बोल्दै पछिल्लो समय न्यायपालिकाप्रति जनआस्था घट्न थालेकोले न्यायपालिका संवेदनशील हुनुपर्ने कुरामा जोड दिएका थिए ।

बुधबार सम्म चल्ने कार्यक्रममा देशभरका ८ सय बढि कानून व्यवसायीहरु सहभागि रहेको आतिथ्य शाखा उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष जोग बहादुर खत्रीले जानकारी दिए ।

 
 
  
 

You may also like