बुटवल मणिमुकुण्ड सेन उध्यान्न उद्यान्न कहाँ बाट आयो चितुवाको टहरामा २८ थानको टिकको गोलिया

बुटवल । बुटवलको मणिमुकुन्द सेन उद्यान्न (फुलवारी) मा रहेको बन्यजन्तु राखिने टहरामा २८ गोलिया काठ भेटिएको छ ।
बन्यजन्तु राखिने क्षेत्र अन्र्तगत चितुवा राख्ने टहरामा टिक (सगुवन)का २८ गोलिया भेटिएको डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत रबिन्द्र चौधरीले जानकारी दिएका छन ।
बिहिबार बिहान स्थानीयले खवर गरेपछी डिभिजन वनको टोली काठको अनुसन्धानका लागि आएको थियो । काठ कहाबाट ल्याइएको हो त्यस सम्वन्धमा थप अनुसन्धान गरेपछी मात्र थाहा हुने सहायक वन अधिकृत चौधरीलेबताएका छन ।

चितुवा राखिएको टहरामा राखिएको काठ बिहिबार वनको टोलीले स्थानीय तथा नेपाली सेनाको रोहवरमा मुजुल्का सर्जमीन गरी मणिमुकुन्द सेन उद्यान्नको जिम्मा लगाएको छ ।
बुटवल सामुदायक वनको अहिलेको समिति र उद्यान्नको मिलेमतोमा सामुदायिक वनको काठ अबैद्य ढंगले कटान गरी लुकाएको बुटवल सामुदायिक वनका पूर्व अध्यक्ष माधव प्रधानले आरोप लगाएका छन् । आफनो समितिलाई बिघटन गरी जनप्रतिनिधिहरुले अबैध कामबाट फाइदा लिन खोजेको पनि उनले बताए ।

स्थानीय जुद्ध केसीले पनि सामुदायिक वनमा बिवाद ल्याएर अबैध काम गर्न बुटवलको वडा नम्वर १ र २ का जनप्रतिनिधिले मिलेमतोमा काठ काटेर लुकाएको आरोप लगाए ।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुईटेलले उद्यानको काठ काटने कार्यमा कुनै सम्लग्नता नरहेको र यो बिषय सामुदायिक वनको भएको बताए।
काठ चितुवा राख्ने ठाउमा कसरी आयो भन्ने सम्वन्धमा उद्यानले खोजी गरीरहेको बताउनु भयो ।
यस्तै बुटवल उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष महेन्द्र लिगलले पनि काठको अबैध काठका बिषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन।

 

 
 
  
 

You may also like