फुटलबमा नेपालको शानदार जित, भुटानलाई हराउँदै जित्यो स्वर्ण

by समतल अनलाइन

नेपालमा जारी दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण अन्तगर्तको फुटबलतर्फ नेपालले स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनखेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ । यो जितसँगै पुरुष फुटबलमा नेपाल मात्र अपराजित एक्लो टिम बनेको छ ।

नेपालको जितका लागि खेलको १७औं मिनेट अभिषेक रिजाल र ५४ मिनेटमा सुनिल बलले गोल गरेका थिए । भुटानका लागि एक मात्र सान्त्वाना गोल खेलको ३७ मिनेटमा चेन्चो गोल्सेनले गोल गरेका थिए । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो ।

यसअघि जारी सागकै समूह चरणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्दै इतिहास बनाएको छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो ।

 
 
  
 

You may also like