प्रधानमन्त्रीको आजको रात अस्पतालमै

by समतल अनलाइन

काठमाडौ । मंगलबार साँझ डायलासिस गर्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज राति अस्पताल मै बिताउने भएका छन् ।

मंगलबार साँझ ७ बजे पश्चात अस्पताल पुगेका प्रधानमन्त्री ओलीको डायलासिस सकिंदा राती हुने हुँदा आजको रात अस्पताल मै आराम गर्ने र बिहानमात्र बालुवाटार फर्किने खबर बाहिरिएको छ । डायलासिस ढिलो सुरु भएको हुँदा मध्यरात सम्म उपचार हुने भएकाले प्रधानमन्त्री बुधवार विहान मात्र बालुवाटार फर्किने भएका छन् ।

१२ वर्ष अघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गाैलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले डायलासिस गराउँदै आएका छन् । हप्ताको तीन पटक डायलासिस गर्नुपर्ने भएकोले प्रधानमन्त्रीको आगामी डायलासिस र उपचार मनमोहन कार्डियोथोरासिस सेन्टरमै हुने गरि तयारी गरिएको जानकारी प्राप्त भएको छ ।

 
 
  
 

You may also like