कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई छात्रवृत्ति

by समतल अनलाइन

बुटवल। बुटवल-१० मा रहेकाे कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति प्रदान गरिएकाे हाे । विद्यालयमा शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञावली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे र परीक्षा संयाेजक युवराज कंडेल ले पुरस्कार प्रदान गरे ।

दाेस्राे अर्धबार्षिक परिक्षामा संकायगत रुपमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरस्कार समेत प्रदान गरिएकाे छ ।
विज्ञान, कानुन, ब्यवस्थापन , शिक्षा, मानविकी र प्राविधिक धारका कक्षा ११ र १२ मा प्रथम द्वितीय र तृतीय लाई पुरस्कृत गरिएकाे हाे । जसमा ३७ जना विद्यार्थी रहेका छन् ।उनिहरुले पुरस्कार बापत ३ महिनाकाे विद्यालय छात्रवृत्ति प्राप्ति गरेका हुन ।

कार्यक्रम मा बाेल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले सबैकाे प्रयासबाट विद्यालय देशमै नमुना बन्न सफल भएकाे धारणा राखे । अध्यक्ष ज्ञवालीले नतिजा सुधारकाे लागि सबै शिक्षक, विद्यार्थी , अभिभावक सबैकाे साझ प्रयासबाट मात्रै सफल हुने भन्दै साेहि अनुसार संयाेजन गर्नुकाे लागि अग्रह गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थी , शिक्षक, अभिभावक काे अथक प्रयासबाट नतिजा सुधार भएकाे भन्दै विद्यार्थिलाई अझ मिहिनेत गर्न आग्रह गरे ।

प्रधानाध्यापक थापाले नतिजा कमजोर भएका विद्यार्थी लाई अझ मिहिनेतका साथ अध्ययन अगाडि बढाउन आग्रह गर्दै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी लाई बधाई तथा शुभकामना दिएका थिए ।

 
 
  
 

You may also like