27
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकिता र मन्त्री प्रतिभा रावलका साथ भारततर्फ प्रस्थान गरेका हुन्।
शुक्रबार बिहान काठमाडौँबाट हवाईजहाजमार्फत धनगढी पुगेका उनीहरू त्यहाँबाट सडक मार्ग हुँदै भारततर्फ लाग्ने कार्यक्रम रहेको छ।
लामिछानेको सचिवालयले यस भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भएको जनाएको छ। भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ।
तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

