अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि जनज्योति माबि

by समतल अनलाइन

बुटवल। हीरक जयन्तीको अवसरमा उजिरसिहमा भएको जिल्ला स्तरीय यु—२० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि जनज्योति माबिले चुमेको छ । आईतबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा मणिमुकुन्द माबिलाई ३—२ को सेटमा पराजित गर्दै जनज्योतीले उपाधि चुमेको हो । उपाधिसंगै जनज्योती नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

उपविजेता मणिमुकुन्द भने नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । निक्कै रोमान्चक पहिलो सेट २५–२१ जनज्योती माबिले आफनो पाल्टोमा पार्दै अग्रता लिएको थियो । दोस्रो र तेस्रो सेट भने मणिमुकुन्दले २५–२२, २५–२३ को अंकसंगै जित निकाल्दै खेलमा फर्कियो । निक्कै रोमान्चक चौथो सेटमा भने जनज्योती २९–३१ को अंकले जित निकाल्दै खेलमा बराबरी गर्न सफल भयो । खेलको अन्तिम तथा निर्णायक पाचौ सेट भने जनज्योतीले १५–११ अंकले जित निकाल्दै उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा सेन जोसेफ ईबोस्कुललाई पराजित गर्दै उजिर सिह तृतिय हुँदै नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र र चौथो सेन जोसेफ २५ हजार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको खेल संयोजक यमप्रसाद श्रेष्ठले बताए ।

प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवर्द्धन रहेको प्रतियोगिता संचालनका लागि प्रथम पुरस्कार विश्व ट्रे माला उद्योगका प्रो. कमल विश्वकर्माबाट सौजन्य भएको छ । यसैगरि द्धितिय पुरस्कार पुर्ण बहादुर परियार, तृतिय पुरस्कार आले डेन्टल हस्पिटल प्रालि, सान्त्वना पुरस्कार टिका प्रसाद उपाध्यायले गरेको विद्यालयका शिक्षिका ङनि गुरुङले बताईन ।

आईतबार फाईनल खेलको पुर्व जिसिअ तथा विद्यालयका प्रमुख सल्लाहकार टेक बहादुर थापा, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य जयप्रसाद भट्टराई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्य, प्रअ पदम राज ज्ञवाली, सहायक प्रअ बसुन्धरा भुषालले रेफ्रीलाई बल हस्तान्तरण गर्दै युवाहरुलाई खेलमार्फत भातृत्व र विकासमा अग्रसर गराउन सकिने बताए ।

यसअघि भएको पहिलो सेमीफाईनल खेलमा मणिमुकुन्द माबिले सेन जोसेफ ईबोस्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा जनज्योति माबिले उजिरसिह माबिलाई २५–२१, २५–२१ को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

 
 
  
 

You may also like