एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

by समतल अनलाइन
7Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा काठमाडौँले लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो ।काठमाडौँले दिएको १६१ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.३ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्बाधिक ४४ रन बनाए भने अबिशेष गौतमले १६ रन बनाएका थिए ।

त्यस्तै काठमाडौँका बलर जुहानदाद खानले ४ विकेट लिए भने करण केसीले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । काठमाडौँका लागि डेबिड वार्नरले सर्बाधिक ६६ रन बनाएका थिए भने सहिल पटेलले ३८ रन बनाएका थिए । त्यस्तै सहान अराचचिगेले अविजित ३४ रन बनाएका थिए । त्यसैगरी रुबेन ट्रम्पेलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिएका थिए ।

योसँगै काठमाडौँले तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पाँचौं खेलमा पहिलो हार बेहोरेको लुम्बिनी भने ७ अंकसहित शिर्ष स्थानमा कायम छ ।

You may also like

This will close in 0 seconds