प्रधानमन्त्रीकै अगाडि विप्लवले भने–अहिलेकै अवस्थामा एमसीसी लागू हुन दिन्नौं

by समतल अनलाइन

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘विप्लव’ ले अहिलेकै अवस्थामा अमेरिकी सहायता परियोजना (एमसीसी) कार्यान्वयन हुन नदिने बताएका छन् । आज (मंगलबार) बुटवलमा समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताए । एमसीसी परियोजना भोलि (बुधबार) देखि कार्यान्वयनमा ल्याइँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सामु उनले भने, ‘नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौँ । नेपाललाई निःस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिँदैन । समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको उनल बताए । उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे ।

 
 
  
 

You may also like