आदिवासी दिवसको अवसरमा बुटवलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

१९ साउन, बुटवल । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा बुटवलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

रुपन्देहीका १५ वटा विद्यालयका २२ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताको बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य रञ्जित शेरचनले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै शेरचनले आदिवासी जनजाति महासंघ रुपन्देहीले रचनात्मक कार्यक्रम गरेको भन्दै प्रतियोगिताले विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने बताए ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य यम थापा, आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, महासंघ उपाध्यक्ष बीरबहादुर लामा, कार्यक्रम संयोजक एवं महासंघका सचिव चित्र तुलाचनले आआफ्ना धारणा राखेका थिए ।

प्रतियोगिताको नतिजा साउन २४ गते मूल समरोहमा घोषणा गरी पुरस्कृत गरिने छ । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित २५औं विश्व आदिवासी दिवस अन्तर्गत महासंघले २० गते भ्रष्टाचारविरुद्ध हाफ म्याराथन प्रतियोगिता तथा २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गर्दैछ ।

दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत ¥याली सहित सभाको आयोजना गरिने कार्यक्रम छ ।

 
 
  
 

You may also like