रुसको मिसाइल आक्रमणबाट युक्रेनमा एक बालकसहित चार जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको छ । मंगलबार युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको हो ।

स्थानीय समयअनुसार दुवै मिसाइल एकै समयमा साँझ ७ः३० बजे आक्रमण गरिएको थियो । आक्रमणमा १ बालकसहित ४ व्यक्तिको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले पुलिसलाई उद्धृत गर्दै रुसले एस–३०० मिसाइल आक्रमण गरेको जनाएको छ ।

डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोले युक्रेनमा आक्रमण सहरको मध्यभागमा भएको बताए । उनका अनुसार घाइतेको उद्धार एवं उपचारसहित खाद्यान्नको पनि व्यवस्था गरिएको छ । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले टेलिग्राममा रुसले जानाजान बसोबास भएका क्षेत्रलाई निसाना बनाइरहेको बताएका छन् । यसअघि २०२२ जुनमा पनि रुसले घना बस्ती भएको क्रेमन्चेकु क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा २२ जना मारिएका थिए ।

 
 
  
 

You may also like