केन्याको छात्रावासमा आगलागी: १६ छात्राको मृत्यु, ७९ जना घाइते

by समतल अनलाइन
46Shares

काठमाडौँ । केन्याको मध्य क्षेत्रमा रहेको छात्रावास विद्यालयमा भीषण आगलागी हुँदा १६ छात्राको ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् ।

मिडिया रिपोर्ट अनुसार गिलगिल क्षेत्रमा रहेको उतुमिशी गर्ल्स स्कुलको छात्रावासमा रातिको समयमा आगलागी भएको हो । आगलागी हुँदा अधिकांश छात्रा कोठामै सुतिरहेका कारण समयमै बाहिर निस्कन नसकेको बताइएको छ । घटनापछि उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो र आगो नियन्त्रणमा लिन प्रयास गरिएको थियो ।

शिक्षामन्त्री जुलियस ओंगामाले घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको र उपचार भइरहेको जानकारी दिएका छन् । उक्त विद्यालयमा ८ सयभन्दा बढी छात्रा अध्ययनरत रहेको जनाइएको छ । घटनापछि विद्यालय परिसर र आसपासका क्षेत्रमा त्रास र अफरातफरीको अवस्था सिर्जना भएको बताइएको छ । आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी लिन अभिभावकहरू विद्यालय र अस्पताल पुगेका थिए ।

अधिकारीहरूले आगलागीको कारण अझै खुल्न नसकेको बताएका छन्। विद्युत् सर्ट भएर आगलागी भएको हो वा अन्य कुनै कारण रहेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

केन्यामा यसअघि पनि विद्यालयमा आगलागीका घटना हुँदै आएका छन् । सन् २००१ मा मचाकोस काउन्टीमा भएको आगलागीमा ६७ विद्यार्थीको मृत्यु भएको थियो । त्यसपछि सन् २०१७ र २०२४ मा पनि यस्तै दुःखद घटना भएका थिए ।

ad

You may also like