सुनको भाउ सामान्य घटयो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार स्थिर रहेको सुनको मूल्य आज (सोमबार) एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

 
 
  
 

You may also like