लायन्स क्लव अफ सैनामैना मलमलाको मैत्रीपुर्ण ब्याडमिन्टन: वन र ज्ञवालिको जोडी बिजयी

बुटवल । लायन्स क्लव अफ सैनामैना मलमलाले आयोजना गरेको एक दिने आन्तरिक ब्याडमिन्टन प्रतियगितामा रामु वन र अर्जुन ज्ञवालीकाे जोडी विजय भयको छ ।

बुधबार सैनामैना _७ मा रहेको सैनामैना इन्डोर स्पोर्ट्स क्लबमा सम्पन भयको फाईनलमा युबराज कार्की र गणेश पौडेलको जोडीलाई २-० काे सोझो सेटमा पराजित गर्दै बन र ज्ञवालीको जोडी बिजयी भयको हो । क्लबको फेलोसिप कार्यक्रम अन्तरगत ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको क्लवका निवर्तमान अध्यक्ष सरोज पन्थले जानकारि दिए ।

विजयी खेलाडिहरूलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै क्लवका चार्टर प्रेसिडेन्ट कृष्ण प्रसाद शर्मा, डिरेक्टर ईश्वरी भण्डारी, लेखनाथ गैरे, विजय काफ्ले लगायतले बोल्दै क्लवले आगामी दिनमा फेलोसिपमा यस्तै खेलकूदका कार्यक्रमलाइ निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम क्लवका अध्यक्ष युवराज कार्कीकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like