एसियन गेम्स क्रिकेटमा जापानलाई नेपालले दियो १५० रनको लक्ष्य

by समतल अनलाइन
20Shares

काठमाडौँ । ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा पूरै १५ ओभर खेल्दै नेपालले चार विकेटको क्षतिमा १४९ रन बनाएको हो ।

जापानविरुद्ध नेपालका सन्दीप जोरा र लोकेश बमले नटआउट अर्धशतक बनाए ।तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धतक पूरा गरेका थिए । उनले ३२ बलको सामना गरेर जापानविरुद्ध नटआउट ५७ रन बनाए ।

पाँचौक्रममा आएका लोकेश बलले आक्रामक ब्याटिङ गरे । उनले ६ छक्का र एक चौकाको मद्तमा २२ बलको सामना गर्दा
नटआउट ५२ रन बनाउँदै अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए भने कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट भए ।

You may also like