लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिँदै

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज (सोमबार) पुनः विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत पाउने सम्भावना निकै क्षीण देखिएको छ । लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

नेकपा (एमाले) ले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य बहुमतका लागि ४४ मत चाहिन्छ ।

 
 
  
 

You may also like