आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । गए राति चेन्नईमा भएको खेलमा राजस्थानले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका डेभोन कन्वेले ५० रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ३२ रनमा अविजित रहे । अजिक्का राहाने ३१ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २-२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

राजस्थानका जोस बटलरले ५२ रनको अर्धशतकीय पारी खेले । देवदत्त पडिकलले ३८ तथा रविचन्द्रन आश्विनले ३० रन बनाए । त्यस्तै, शिमरन हिटमायरले अविजित ३० रन जोडे । चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २-२ तथा मोइन अलिले १ विकेट लिए ।

चौथो खेलमा तेस्रो जितका साथ राजस्थान ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चेन्नईको चौथो खेलमा दोस्रो हार हो । चेन्नई ४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

 
 
  
 

You may also like