मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित

by समतल अनलाइन
2Shares

बुटवल।मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको नयाँ नेतृत्वमा पत्रकार कपिल ज्ञवाली चयन हुनुभएको छ। समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोख्रेल रहनुभएको छ। गंगा गैरेलाई सदस्यमा मनोनयन गरिएको छ भने बाँकी दुई सदस्य कार्यसमितिको आगामी बैठकबाट चयन गरिने जनाइएको छ।

सभापतिमा निर्वाचित भएपछि ज्ञवालीले मानव अधिकारको रक्षा र प्रवर्द्धनलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकता बनाउने बताउनुभएको छ। उहाँले लोकतन्त्र, शान्ति, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको पक्षमा संस्थालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध आवाज उठाउने, नागरिकलाई आफ्ना अधिकार र कर्तव्यप्रति सचेत गराउने तथा समाजमा समानता, सद्भाव र न्यायको वातावरण निर्माण गर्न संस्थाले सक्रिय भूमिका खेल्ने उहाँको भनाइ छ।

मानव अधिकार, लोकतन्त्र र अहिंसाको मूल्यमान्यतालाई आत्मसात् गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीमा पनि नागरिक अधिकारको संरक्षण, मानव अधिकारसम्बन्धी जनचेतना विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिको संयोजकमा समाजका पूर्वसभापति कृष्ण भट्टराई (खिमप्रसाद) रहनुभएको थियो। निर्वाचन समितिका सदस्यहरूमा तेजेन्द्र केसी र सरोज गौतम रहनुभएको थियो।

नवगठित जिल्ला कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

You may also like