टर्की भूकम्पपछि भवनमा पुरिएका फुटबलर जीवितै फेला

by समतल अनलाइन

काठमाडौँ । टर्कीमा भूकम्पले भत्किएको भवनको भग्नावेषमा पुरिएका चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन् । बेलायती अनलाइन डेलीमेलका अनुसार अत्सु जीवितै फेला परेका हुन् ।

अहिले उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका थिए । अहिलेसम्म उक्त भूकम्पका कारण ३ हजार ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

आत्सु पछिल्लो समय टर्किस सुपर लिग क्लब हातायोस्पोरबाट खेलिरहेका थिए । ३१ वर्षीय उनी यसअघि सन् २०१३ मा इङ्लिस क्लब चेल्सीमा पनि आवद्ध थिए । तर उनले चेल्सीबाट खेल्न पाएनन् । उनलाई क्लबले ऋणमा इङ्लिस क्लबहरु एभर्टन र न्युक्यासलमा पठाएको थियो ।

उनी भवनमा पुरिएपछि पूर्व क्लब न्युक्यासलले राम्रो समाचारका लागि प्राथना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । उनले न्युक्सासलमा रहँदा १०७ खेल खेल्दै ८ गोल गरेका थिए । त्यसपछि उनी सन् २०२१ मा साउदी अरेबियाको अल रायद क्लबमा आवद्ध भएका थिए ।

त्यसपछि अघिल्लो सिजन उनी साउदीबाट टर्की पुगेका थिए । आत्सुले यही आइतवार मात्रै हातायोस्परबाट टर्किस लिग खेलेका थिए । उक्त खेलमा उनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका थिए । एजेन्सी

 
 
  
 

You may also like