सीके राउतको प्रश्न : संसदमा बोलेर भित्ता र कुर्सीलाई मात्र सुनाउने हो ?

by समतल अनलाइन

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बोलेको कुरा कतै सुनिँदैन भने संसदमा बोल्नुको के अर्थ भन्दै प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राउतले सांसदले कुरा मात्र उठाउने अरु तर सुनुवाई नहुने हो भने किन बोल्ने भन्दै प्रश्न गरे ।

संसद बैठकमा उनले भने, ‘आजसम्म ७ पटक प्रतिनिधिसभाको बैठक बस्यो तर यहाँ उठेको कुरा सुनुवाई भएको छैन । यो संसदबाट म के कुरामा आश्वस्त रुपमा हुन चाहन्छु भने यहाँ बोलेको कुरा कहिँ सुनुवाई हुन्छ कि हुँदैन ? हामीले यहाँको भित्ता र कुर्सीलाई मात्र सुनाएको हो ? यो सरकार संसदप्रति उत्तरदायी छ कि छैन भन्ने कुरामा म आश्वस्त हुन चाहन्छु । अन्यथा त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेको जस्तो भयो ।’

उनले सांसदहरुले किसानले मल नपाएको कुरा उठाइरहेको तर अहिलेसम्म सरकारको तर्फबाट कसैले जवाफ नदिएको बताए । संसद भाषण गर्ने थलोमात्र बन्ने हो कि भन्ने चिन्ता लागेको उल्लेख गरे ।

 
 
  
 

You may also like