लुम्बिनी प्रदेशको पैचोले पायो ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड

by समतल अनलाइन

काठमाडौं । लुम्बिनी प्रदेशको गुल्मीबाट संचालित पैचो पसल प्रालीले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले पैचो पसल प्रालीलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो ।

प्रालीका संचालक समिति सदस्य राजन पौडेलले कम्पनीको तर्फबाट सो अवार्ड ग्रहण गरेका छन् ।

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई कर्पोरेट क्लबले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।

यसवर्ष क्लबले विभिन्न २२ विधामा अवार्ड र सम्मान प्रदान गरेको छ । लुम्बिनी प्रदेशबाट यो अवार्ड पाउने पैचो पहिलो संस्था हो ।

‘बसे पनि शहर गाउँकै खाने रहर’ नाराका साथ गुल्मीको बलेटक्टारमा केन्द्रीय कार्यलय रहेको पैचो पसलले पहाडी र उच्च पहाडी भूभागका किसानले उत्पादन गरेका खाद्य वस्तु र तरकारी खरिद गरि बिक्रि गर्ने गरेको छ ।

किसानका उत्पादनलाई पैचोले अत्याधुनिक कारखानामा प्रशोधन गरेर पैचो ब्राण्डमा विभिन्न खाद्य पदार्थ बजारमा बिक्रि गर्दै आएको छ । पैचोका उत्पादन केही समय अघिदेखि संयुक्त राज्य अमेरिकामा समेत निर्यात हुन थालेको छ ।

 
 
  
 

You may also like