शेयर बजारमा सामान्य गिरावट : ७२ करोड ७८ लाखको कारोबार

by समतल अनलाइन

काठमाडौँ । शेयर बजार आज (बुधबार) सामान्य गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेको छ । आज २ सय ४६ वटा कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।

 
 
  
 

You may also like