विश्वकप : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

by समतल अनलाइन

काठमाडौँ । कतार विश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई हराएको छ । कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले हराएको हो । अस्ट्रेलियाका लागि २३ औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक सावित भयो ।

यो जितसँगै समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।

समूह ‘डी’ कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दै छन् । आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दै छन् । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । मेक्सिकोले पहिलो खेल पोल्यान्डसँग बराबरी खेलेको थियो ।

 
 
  
 

You may also like