उम्मेदवारले आफूबिरुद्ध परेको उजुरीको आज जवाफ दिनु पर्ने

by समतल अनलाइन

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारबिरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज (मंगलबार) समयसीमा तोकिएको छ ।

२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारबिरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समय सीमा तोकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवारबिरुद्ध परेको छ । देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सूचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

उता निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समय सीमा तोकिएको छ । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like