हुम्लामा पहिरोले घर पुर्दा चारको मृत्यु, तीन जना घाइते

by समतल अनलाइन

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुर्दा चार जनाको ज्यान गएको छ भने तीन जना घाइतेको उद्धार गरिएको छ । लगातारको बर्षाले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीय ध्रुवकुमार शाहीले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् ।

घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदैछ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन हिँडेपछि मात्रै पुगिने जनाइएको छ ।
स्थानीय शाहीका अनुसार घाइते तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अहिले पानी परिरहेकाले पुरिएकाको शव निकाल्न सकिएको छैन ।

 
 
  
 

You may also like