साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल आज बंगलादेशसँग खेल्दै

by समतल अनलाइन

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज (सोमबार) नेपाल र बङ्गलादेश खेल्दै छन् ।
खेल काठमाडौँस्थित दशरथ रङ्गशालामा आज बेलुका ५ बजे शुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटौँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो ।

साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।

आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ ।

 
 
  
 

You may also like