स्पन्दनको ‘चोखो माया’ म्युजिक भिडियो सार्वजनिक

by समतल अनलाइन

लिस्बन। पोर्चुगलको रमणीय स्थलमा छायांकन गरिएको “चोखो माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

साहित्यकार स्पन्दन विनोदको उक्त म्यूजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

गीतमा साहित्यकार तथा संगितकार सुनिल सङ्गमको शब्द तथा संगित रहेको छ । महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतमा आवाश श्रेष्ठले स्वर दिएका छन् ।

साहित्यकार सङ्गमको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा रचनाकार स्पन्दन संगै पूजा सिम्खडाको अभिनय रहेको छ ।

म्युजिक भिडियो पुष्पराज सुबेदीको छायांकन तथा ओम प्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो ।
(भिडियो सहित)

 
 
  
 

You may also like