एशिया बुद्ध पेन्ट्सलाई एनएस र आईएसओ प्रमाणपत्र, गुणस्तर सुधारलाई निरन्तरता दिने प्रतिबद्धता

by समतल अनलाइन
17Shares

काठमाडौँ । नेपाली अग्रणी पेन्ट ब्रान्ड ‘एशिया बुद्ध पेन्ट्स’ले नेपाल गुणस्तर चिन्ह (एनएस) तथा आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। रूपन्देहीकाे तिलाेत्तमामा रहेकाे यस उद्याेगले स्थापनाकाे छाेटाे समयमै नेपाल गुणस्तर चिन्ह तथा आईएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे हाे ।

घर तथा भवनको रंराेगनका लागि विभिन्न खालका वाटर वेस तथा इनामेल पेन्टहरू उत्पादन गर्दै आएकाे यस कम्पनीले प्राप्त उपलब्धिलाई उत्पादनको गुणस्तर र व्यवस्थापन प्रणाली सुदृढ बनाउने प्रयासको रूपमा लिएको जनाएकाे छ।

कम्पनीका अनुसार प्रमाणपत्र प्राप्तिले गुणस्तरीय उत्पादन उपलब्ध गराउने र उपभोक्ताको विश्वास कायम राख्ने जिम्मेवारी थपिएको छ। निर्धारित मापदण्डको निरन्तर पालना गर्दै उत्पादन प्रक्रिया, प्रविधि र सेवामा सुधार गर्ने कम्पनीले जनाएको छ।

घर तथा भवनको सौन्दर्य, सुरक्षा र टिकाउपनका लागि प्रयोग हुने पेन्ट्सको गुणस्तरलाई प्राथमिकतामा राखेर काम गरिरहेको कम्पनीको भनाइ छ। प्रमाणपत्र प्राप्तिसँगै उपभोक्ता, डिलर तथा व्यावसायिक साझेदारमाझ विश्वास थप बलियो हुने अपेक्षा कम्पनीले लिएको छ।

यस सफलतामा व्यवस्थापन, प्राविधिक टोली, कर्मचारी, डिलर, पेन्टर र व्यावसायिक साझेदारको सामूहिक योगदान रहेको जनाउदै कम्पनीले आगामी दिनहरूमा समेत सबैकाे यस्ताे साथ रहने विश्वास व्यक्त गरेकाे छ । ग्राहकहरूको विश्वास र निरन्तर सहयोगले गुणस्तर सुधारका प्रयासलाई थप प्रोत्साहन मिलेको कम्पनीको भनाइ छ।

“हाम्रो मुख्य शक्ति नै ग्राहकको सन्तुष्टि र विश्वास हो। एनएस र आईएसओ प्रमाणपत्रले हामीलाई आगामी दिनमा अझ जिम्मेवार बनी उच्च गुणस्तरका उत्पादन र सेवा प्रदान गर्न प्रेरणा दिएको कम्पनी ले बताएको छ।

कम्पनीले आगामी दिनमा प्रमाणपत्रसँग सम्बन्धित मापदण्ड कायम राख्दै उत्पादन तथा व्यवस्थापनमा सुधारलाई निरन्तरता दिने पनि जनाएको छ। साथै, उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै नेपाली बजारमा आफ्नो उपस्थिति थप बजार विस्तार गर्ने लक्ष्य राखेको बताएकाे छ।

You may also like