डलरसहित अस्ट्रेलियन डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्ड स्टर्लिङको विनिमयदर घट्यो

by समतल अनलाइन
28Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य बढेको छ।

युरो र पाउन्ड स्टर्लिङसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम भएको छ। बुधबार डलरको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा थियो।

यसअघि गत जेठ ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो।

त्यसैगरी, आज युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। बुधबार युरोको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा थियो।

पाउन्ड स्टर्लिङ एकको खरिददर आज २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा पुगेको छ। बुधबार यसको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा थियो।

कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ १४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९ पैसा निर्धारण भएको छ। अघिल्लो दिन कुवेती दिनारको खरिददर ४९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ८६ पैसा थियो।

त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा कायम भएको छ। बुधबार यसको खरिददर ४०२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०४ रुपैयाँ २१ पैसा थियो।

भारतीय रुपैयाँ १०० को खरिददर भने १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर सम्बन्धित बैंकबाट जानकारी लिन सकिन्छ।

You may also like