बुटवलमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ सञ्चालनमा, १० लाखसम्म नगद छुट

by समतल अनलाइन
29Shares

बुटवल । टीभीएस मोटरसाइकल तथा स्कुटरको खरिदलाई थप आकर्षक बनाउने उद्देश्यसहित बुटवलमा ‘टीभीएस अचम्मैको महा एक्सचेन्ज’ कार्यक्रम सञ्चालन भइरहेको छ।

टीभीएसको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्स, बुटवलले कात्तिक १५ गतेदेखि २२ गतेसम्म भाटभटेनीमा विशेष एक्सचेन्ज कार्यक्रम सञ्चालन गरिरहेको हो।

कार्यक्रममा पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएस सवारीसाधन साट्न चाहने ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गरिरहेका छन्। कम्पनीका अनुसार पुरानो सवारीसाधनको उच्चतम मूल्यांकन सुनिश्चित गरिएको छ।

अफरअन्तर्गत ग्राहकले खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक, टीभीएस गोल्डेन कीमार्फत विशेष उपहार तथा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि उपलब्ध गराइएको छ। फटाफट फाइनान्स सुविधाअन्तर्गत नागरिकता र लाइसेन्सका आधारमा खरिद प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न र पुरानो सवारीसाधन अपग्रेड गर्न चाहने ग्राहकका लागि यो कार्यक्रम आकर्षणको केन्द्र बनेको छ। टीभीएसका विभिन्न मोडल एकै स्थानमा हेर्न, मूल्यांकन गराउन र एक्सचेन्ज गर्न सकिने भएकाले ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ।

कात्तिक २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन बालाजी अटोमोबाइल्सले ग्राहकलाई आग्रह गरेको छ। थप जानकारीका लागि ९८०२६९९७६२ र ९८०२६९९७७० मा सम्पर्क गर्न सकिनेछ।

You may also like

This will close in 0 seconds