विश्व बाताबरण दिवस : जेसीआई सैनामैनाद्वारा रन्यैरा मुर्गिया चौकी परिसरमा बृक्षरोपण

by समतल अनलाइन
Shares

सैनामैना ।विश्व वातावरण दिवसको अवसरमा सैनामैना नगरपालिका अन्तर्गत ई प्र का रन्यैरा मुर्गिया चौकी परिसरमा हाताभित्र बृक्षरोपण गरिएको छ । दिवसको अवसर पारेर आईतबार बिहान सैनामैना जेसिजको आयोजनामा बृक्षरोपण गरिएको हो ।

बृक्षरोपण कार्यक्रममा सैनामैना जेसिजका पुर्व अध्यक्ष बिमल ज्ञवाली , सीता क्षेत्रि, बर्ष २०२२ का अध्यक्ष रामचन्द्र ढकाल सहित सैनामैना जेसिजका पदाधिकारी र प्रहरीको सहभागीता रहेको थियो ।

वातावरण र पर्यावरणको संरक्षणको लागि विश्व वातावरण दिवसको अवसर पारेर साथै सैनामैना नगरमा स्वच्छ वातावरण निर्माण गर्न र पर्यटकीय महत्वको लागि समेत यस क्षेत्रमा हरियाली आवश्यक रहेको महसुस गरी बृक्षरोपण गरिएको कार्यक्रमका प्रमुख अतिथि रहनुभएका इप्रका रन्यैराका प्रमुख जीवन लामिछानेलेले बताउनु भयो।

कार्यक्रम संस्थाका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट यदुनन्द भण्डारीको सञ्चालन कार्यक्रम संयोजक अभिनय घिमिरेको स्वागत एवं भोट अफ थयक्स अध्यक्ष सल्लाहकार गोविन्द खनालले राख्नुभएको थियो ।
Krishna Bhandari 9

You may also like

This will close in 0 seconds