बुटवल-१२ ढवाहमा जेठ १९ गतेदेखी हुने मेलाको तयारी पुरा

by समतल अनलाइन
Shares

बुटवल। विहीबार देखि बुटवल १२ स्थित ढबाहा, फुटबल खेल मैदानमा पीस पार्क रमाइलो मेला २०७९ हुने भएको छ ।

जेठ १९ गते देखि २९ गते सम्म सञ्चालन हुने मेलाको तयारि पुरा भएको बुधबार एक पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्र. ली र मनकामना युवा क्लव ढबाहको आयोजनामा हुन गैरहेको पीस पार्क रमाईलो मेलाको सास्कृतिक कार्यक्रम दिउसो २ बजे देखि रातिको १० बजे सम्म चल्ने जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्र. ली का प्रबन्ध निदेशक राजविर जैसवालले बताए ।

मेलामा चर्चित कलाकार प्रकाश सपुत, प्रमोद खरेल, बद्रि पगेनी लगायत ७० भन्दा धेरै ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने जैसवालले बताए ।

स्थानीय स्तरमा हुने यी यस्ता मेला महोत्सवले मनोरञ्जन दिनेमात्र हैन्, आर्थिक गतिविधि बढाउनुका साथै आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि महोत्वपुर्ण भुमिका खेल्ने मनकामना युथ क्लवका निबर्तमान अधक्ष्य तथा सल्लाहकार मधु पुलामीलेले बताए । कार्यक्रममा क्लवका अध्यक्ष दीपक पुन,सल्लाहकार ढुण्डीराज खनाल,किरण खनाल लगायतले बोल्दै पहिलोपटक आयोजित मेलाले त्यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

१० दिनसम्म सञ्चालन गरिने रमाइलो मेलामा कुल १०० स्टल राखिने छन् भने मेला सञ्चालनको लगी ४० लाख खर्च लाग्ने अनुमान गरीएको छ ।

५०/७० टिकटदर कायम गरिएको मेलामा बृद्ध र असक्तको लागि भने प्रवेसमा कुनै शुल्क लाग्ने छैन । मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बिहीवार दिउसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

You may also like

This will close in 0 seconds