मौसम परिवर्तनसँगै आफ्नो छालाको यसरी ख्याल राख्नुस्

by समतल अनलाइन

गर्मी होस वा जाडो सधैंभरी छालाको हेरचाहका लागि आम मानिसको टाउको दुखाइको विषय बन्छ । मौसम परिवर्तनसँगै हाम्रो छालामा पनि विभिन्न समस्या आउन सक्ने भएकाले सधैंभरी छालाको उचित स्याहार गर्नु जरुरी हुन्छ ।

छालामा हुने बाहिरी संक्रमणबाट जोगाउन विभिन्न क्रिम तथा औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ । छालाले हाम्रो शरीरलाई पैतालादेखि शिरसम्म ढाकेको हुन्छ । छालाले शरीरमा बाहिरी संक्रमणबाट जोगाउने, शरीरका अंगहरुलाई ढाकेर सुरक्षा प्रदान गर्छ । यस्तै शरीरका विकार पदार्थलाई पसिनामार्फत बाहिर निकाल्ने, मौसम अनुसार शरीरलाई तापक्रम प्रदान गर्ने र घामबाट प्राप्त हुने भिटामिन डी शरीरमा सोस्ने गर्छ ।

मानिसको छाला हरेक २८ दिनमा फेरीरहेको हुन्छ । छाला सम्पूर्ण शरीरको सुरक्षा कवज हो । त्यसैले छालाको सुरक्षा र स्याहारमा ध्यानदिनु उतिकै आवाश्यक रहेको हुन्छ ।

छालाको स्याहार

छालाको सुरक्षाका लागि मौसम अनुसार फरक–फरक क्रिम तथा प्रसाधनको प्रयोग गर्नु राम्रो मानिन्छ । जाडोमा बढी सुख्खा हुने भएकाले छालालाई फाइदा गर्ने गुणस्तरीय सामाग्रीको प्रयोग गर्नुपर्छ । सोझै पसलमा गएर आफैं जथाभावी किन्नुभन्दा छाला तथा सौन्दर्यविद्वको सल्लााह लिनु उपयुक्त हुन्छ । मौसम अनुसार यस्ता प्रसाधनहरु नियमित प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसले छालालाई सुख्खापनबाट बचाएर कोमल र मुलायम राख्छ । चिसो मौसममा हात गोडा फुट्नबाट बचाउन पनि छाला मुलायम राख्ने क्रिमको प्रयोग गर्नुपर्छ । यसले हाम्रो छालालाई स्वस्थ र आकर्षक देखाउन मद्दत गर्छ । मोस्चराइजरयुक्त साबुनको प्रयोगले पनि छालालाई कोमल बनाउन मद्दत गर्छ । साथै फेसवास, बडिवास, स्याम्फु र सावर जेलको प्रयोग पनि छालाको लागि उपयुक्त मानिन्छ ।

ओठको छाला ज्यादै पातलो, नरम र संवेदनशील भएकाले जाडो मौसममा फुटिरहेको हुन्छ । यसबाट छुटकारा पाउन मुलायम पार्ने लिप क्रिमको प्रयोग गर्नुपर्छ । त्यसले नुहाउनुअघि कपालको सुन्दरताका लागि तेलले मालिस गर्ने र नुहाएपछि बडिआयल लगाउनु उपयुक्त हुन्छ । यसले हाम्रो छालालाई मुलायम र आर्कषक बनाउँछ ।

सन प्रोटेक्सनको प्रयोग

हरेक दिन बिहान सफा पानीले मुख धोएर मोश्चराइजर क्रिम प्रयोग गरी सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । सामान्य घामको प्रकाशलाई सनप्रटेक्सन क्रिमले रोक्छ । यसरी प्रयोग गरीने सन प्रोटेक्सन क्रिम ४ घण्टासम्म मात्रै काम गर्ने भएकाले बिहान ८ बजे र दिउँसो १२ बजेको समयमा प्रयोग गर्दा फाइदा लिन सकिन्छ । अनुहार तथा शरीरमा मेकअप गर्नुअघि सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ ।

बेलुका सुत्नुअघि चिसो पानीले अनुहार धोएर मोश्चराइजर क्रिम लगाउन उपयुक्त हुन्छ । घामबाट कसरी बच्ने घाममा निस्कनु अघि सन प्रोटेक्सनको प्रयोग गर्ने, दिउँसो १० देखि २ बजेसम्मको घाममा सकभर ननिस्कने वा निस्कनु परे छाता, टोपी तथा सलले अनुहार ढाकेर हिड्ने गर्नुपर्छ । अनुहारमा सिधा घामको प्रकाशबाट सकभर जोगीरहनु आवाश्यक हुन्छ । त्यस्तै प्रशस्त पानी पिउने, धुम्रपान, मद्यपान त्याग्ने, तनाव मुक्त रहने र सन्तुलित आहार सेवन गर्ने जस्ता व्यवहार अपनाउनुपर्छ । एजेन्सी

 
 
  
 

You may also like