वार्ताबाटै निकास निकाल्न टैकर ब्यवसायीको आग्रह

बुटवल। अतिआवश्यक पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने पश्चिमाञ्चल टैकर ब्यवसायी संघले बताएका छन । पश्चिमाञ्चल टैकर ब्यवसायी संघले शुक्रबार पत्रकार सम्मेलन गरि नेपाल ट्याकर ब्यवसायी महासंघको ब्यक्तिगत स्वार्थमा रहेर गरिने भनिएको आन्दोलनको घोषणा गलत भएको संघका अध्यक्ष राकेश कशौधनले बताए । महासंघका महासचिव विश्वप्रसाद अर्यालले संस्थागत निर्णय बिना विज्ञप्ति प्रकाशित गरि गलत काम गरेको उनले दाबी गरे । वार्ताबाट निकास निकाल्ने तथा आन्दोलनलाई समर्थन नगर्ने उनले बताए ।

नेपाल आयल निगम लि मातहतमा रहि ब्यवसाय गर्ने ३ संस्थामध्ये ग्यास ब्यवासयि, पेट्रोलियम ढुवानी ब्यवसयी र पेट्रोलियम विक्रेता सम्मिलित राष्ट्रिय पेट्रोलियम ब्यवसायी संस्थागत समन्वय समितिले फागुन २३ गते नेपाल आयल निगम लिमिटेड समक्ष ६ बुदे माग पेश गरि माग पुरा नभएको खण्डमा चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको भएको उनले बताए ।

कार्यक्रममा संघका महासचिव भुपराज अर्यालले नेपाल आयल निगम, नेपाल सरकार र ब्यवसायी बिच चैत १६ गते बसेको बैठकले निगमका नियुक्त भएका नया कार्यकारी निर्देशकबाट २ महिना अध्ययनका लागि समय माग भएको भन्दै त्यो समयसम्म आफुहरु आन्दोलन नगर्ने उनले बताए । ‘उहाबाट माग सम्बोधन गर्ने प्रतिवद्घता जनाएका छन ।’ –उनले भने । स्थानिय निर्वाचन नजिकिरहेको बेला अतिआवश्यक पदार्थको ढुवानीलाई रोक्न नहुने उनको तर्क छ ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार चोपनारायण श्रेष्ठले हडताल गैरकानुनी र अनैतिक हुने तर्क गरे । यो पेशा अतिआवश्यक पदार्थको ढुवानीसंग सम्बन्धित भएकाले यसमा हडताल गर्न नहुने उनले बताए। पेट्रोलियम ऐन बनाएर लागू गर्ने, विनियमावलि बनाउने, विज्ञहरुको संलग्नतामा अध्ययन गर्नुपर्ने, वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानीमा समेत लागू गर्ने, डिजलको मूल्य बढेकाले ढुवानी भाडा स्वचालिन घटबढ गराउनुपर्ने लगायत ६ बुदे मागपत्र आफुहरुले पेश गरिसकेको भन्दै उनले चाडै माग पूरा हुने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्रवण गुरुङ, संयोजक प्रेम जिएमले देशभरका ट्याकर ब्यवसायीहरुको कमिशन बढाउनपर्ने माग सकारात्मक भएको बताए । करीब साढे ४ वर्षदेखि भाडा दर समायोजन नभएको गुनासो गर्दै उनले शान्तिपुर्ण आन्दोलन गर्नुपर्ने उनले बताए । संघमा हाल २ सय ४० ट्याकरहरु छन । यहाबाट दैनिक १० लाख लिटर डिजल र ३ लाख पेट्रोल खपत हुन्छ । रुपन्देही सहित पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, बाग्लुङ, नवलपरासीमा ढुवानी सेवा दिएका छन ।

 
 
  
 

You may also like