नेपालले एमसीसी पास गरेपछि बोल्यो चीन : ‘व्याख्यात्मक घोषणा’ लाई ध्यान दिएका छौं

by समतल अनलाइन

काठमाडौं । नेपालको संसद्बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएपछि छिमेकी देश चीनले मुख खोलेको छ ।

हिजोको संसद वैठकबाट एमसीसी पारित भएपछि चीनले नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएको टिप्पणी गरेको छ । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताएका छन् ।

आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्र’ सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए ।

चीनले एमसीसीको सम्बन्ध बेइजिङबाट व्यक्त भएको यो तेस्रो प्रतिक्रिया हो भने नेपालको संसद्बाट एमसीसी पारित भएपछिको पहिलो प्रतिक्रिया हो । एमसीसीलाई लिएर अमेरिकका र चीनबीच ‘वाकयुद्ध’ शुरु भएको थियो । अमेरिकाले नेपाललाई कूटनीतिक दवाव दिएर एमसीसी स्वीकार्न वाध्य पार्न लागेको भन्दै यसलाई रोक्ने चेतावनी नै दिएको थियो ।

 
 
  
 

You may also like